अमेरिकी कच्चा तेल ठेकाहरूमा 5%-को वृद्धि

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीबाट मागमा वृद्धि, चीनमा कच्चा तेल पैठारीमा वृद्धि र अमेरिकामा घट्दो कच्चा तेल भण्डारका बढ्दा रिपोर्टहरूले गर्दा द ब्रेन्ट र युएस डब्ल्युटीआई कच्चा तेल ठेकाहरूमा 5 प्रतिशत वृद्धि भएको छ। चीनको कच्चा तेल पैठारी यो वर्षका प्रथम छ महिनामा  2016-को यसै अवधिको तुलनामा 13.8 प्रतिशत बढ्यो।

अमेरिकाको ऊर्जा सूचना प्रशासनले  अमेरिकाको कच्चा तेलको भण्डारमा विगत 10 महिनामा गत साता सर्वाधिक ठूलो ह्रास भएको रिपोर्ट दिएको छ।यसप्रकार, ब्रेन्ट क्रुड फ्युचर्सले साताको अन्त्य 48.91 डलर प्रति ब्यारेलमा गऱ्यो। यु.एस. वेस्ट टेक्सास इन्टरमिडिएट क्रुड फ्युचर्सले सातान्त 46.54 डलर प्रति व्यारेलमा गऱ्यो।