न्यायमूर्ति दीपक मिश्र भारतको आगामी प्रमुख न्यायाधीश बन्नुहुनेछ

भारतको सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश, न्यायमूर्ति दीपक मिश्रलाई हिजो भारतको आगामी प्रमुख न्यायधीश नियुक्त गरियो। 63 वर्षीय मिश्रको नियुक्तीसम्बन्धी आधिकारिक अधिसूचना हिजो साँझ कानून मन्त्रालयद्वारा जारी गरियो। वर्तमान प्रमुख न्यायाधीश, न्यायमूर्ति जे.एस.खेहर 27 अगस्टमा सेवानिवृत्त हुनुहुनेछ।