जम्मू एवम् काश्मीरमा भीडन्तमा तीनजना आतङ्की मारिए

जम्मू एवम् काश्मीरको पुलवामा जिल्लाको तरल सबडिभिजन अन्तर्गत गुलाब बाग क्षेत्रमा हिजो दिउँसो भएको एक भीडन्तमा तीनजना अज्ञात आतङ्कारीहरूको ज्यान गयो।

गाँउ इलाकामा आतङ्ककारीहरूको एउटा समुहले सुरक्षा बलहरूको एउटा गस्तीदलमाथि आक्रमण गरेपछि गोली चला-चल सुरू भएको थियो। एक वरिष्ठ प्रहरी अधिकारीले निहत आतङ्ककारीहरूको पहिचान र सम्बद्धताको  पत्तो लगाई राखिएको कुरा अल इण्डिया रेडियोलाई बताए।

यसै बीच पुलवामा जिल्लाको नौडाल त्राल इलाकामा सुरक्षा बलहरूसित भएको झडपमा एउटा असैनिक प्रतिवादकारीको पनि ज्यान गयो।