निर्वाचन आयोगले, गुजरात विधानसभा चुनाउहरूमा कागजी प्रमाण प्रदान गर्ने इ भी एम प्रयोग गर्न तयार रहेको सर्वोच्च न्यायालयलाई बतायो

निर्वाचन आयोगले सर्वोच्च अदालतलाई के बताएको छ भने, उ यसै वर्ष पछि हुन निर्धारित गुजरात विधानसभा चुनाउहरूमा कागजी प्रमाण प्रदान गर्ने इलेक्ट्रनिक भोटिंग मशिन (इ भी एम)-हरूको प्रयोग गर्न तयार छ।

सर्वोच्च न्यायधीश जे एस खेहरको नेतृत्वमा रहेको एउटा पीठले हिजो भारतको निर्वाचन आयोगले पेश गरेको वक्तव्य स्वीकार गर्दै गुजरात विधानसभा चुनाउहरूमा मतदाताहरूलाई उनले प्रदान गरेको मतको पुष्टी गर्ने कागजी पर्चा प्रदान गर्ने भी भी पी ए टी मशिनहरू प्रयोग गर्न निर्देश जारी गर्ने अनुरोधको साथ गरिएको अपील खारिज गरि दियो।

यी भी भी पी ए टी मशिनहरू इ भी म-हरूसित जडान गरिएका हुन्छन जसले मतदातालाई उनले प्रदान गरेको मत आफूले चाहेको उम्मेदवारैकै नाँउमा परेको छ भन्ने तथ्यको कागजी प्रमाण प्रदान गर्छन।