भारत छाड आन्दोलनको 75औं जयन्तीको उपलक्ष्यमा राष्ट्रपतिद्वारा स्वतन्त्रता सेनानीहरूको लागि अभिनन्दन समारोहको आयोजना

राष्ट्रपति राम नाथ कोविन्दले हिजो भारत छाड आन्दोलनको 75औं जयन्तीको अवसरमा राष्ट्रपति भवनमा स्वतन्त्रता सेनानीहरूको लागि ‘एट होम’ अभिनन्दन समारोहको आयोजना गर्नुभयो। यस अवसरमा उहाँले देशभरका 93 जना स्वतन्त्रता संग्रामीहरूलाई सम्मानित एवम् अभिनन्दन गर्नुभयो।

निवर्तमान उपराष्ट्रपति हामिद अन्सारी र प्रधानमन्त्री नरेन्द्र मोदीले पनि स्वतन्त्रता सेनानीहरूको अभिनन्दन गर्नुभयो। गृहमन्त्री राजनाथ सिंह, सञ्चार मन्त्री मनोज सिन्हा, गृह राज्य मन्त्री किरेन रिजुजु, हन्सराज अहिर र अन्य गन्मान्य व्यक्तिहरू पनि यस अवसरमा उपस्थित हुनुहुन्थ्यो।

प्रत्येक स्वतन्त्रता सेनानीलाई राष्ट्रपतिबाट एउटा सन्देशका साथ एउटा बिजुलीले चल्ने केतली उपहारस्वरूप प्रदान गरियो। राष्ट्रपतिले भन्नुभयो, स्वतन्त्रता संग्रामीहरूमाथि राष्ट्र गर्व गर्दछ र उनीहरूलाई सलाम गर्दछ। उहाँले उहाँहरूको सुख, राम्रो स्वास्थ्य र दीर्घ जीवनको कामना गर्नुभयो।

सन् 1942-को भारत छाड आन्दोलनको 75 औं जयन्तीको अवसरमा 8 वटा स्मारक हुलाक टिकटहरूको एउटा सेट पनि जारी गरियो।