प्रधान मन्त्री मोदीद्वारा चीनमा भूकम्पबाट भएको क्षतिप्रति सम्वेदना व्यक्त

प्रधान मन्त्री नरेन्द्र मोदीले चीनको दक्षिणपश्चिम सिचुआन प्रान्तमा आएको शक्तिशाली भूकम्पबाट भएको क्षतिप्रति समवेदना व्यक्त गर्नुभएको छ। भूकम्पमा परी 20 जनाको ज्यान जानुका साथै सयौं घाइते भएका छन्।

एक ट्वीट सन्देशमा श्री मोदीले भन्नुभयो, भूकम्पले भएको जनधनको क्षतिले आफूलाई दुःखी तुल्याएको छ।

पराकम्पन जारी रहेकोले क्षेत्रबाट 60 हजार भन्दा धेरै मानिसहरूलाई सुरक्षित स्थानमा लगिएको छ।