मुम्बईको विशेष टाडा अदालतद्वारा 1993-को मुम्बई बम बिस्फोट मामिलाको सुनुवाई समाप्त

 मुम्बईको विशेष टाडा अदालतले 1993-को मुम्बई बम बिस्फोट मामिलामा अबु सलेम सहित पाँच मानिसहरूको सजायमा सुनवाई पूरा गरेको छ। सरकारी वकील दीपक साल्वीले अदालतद्वारा 22 अगस्टमा सजाय सुनाइने सम्भावना रहेको बताउनुभएको छ।

न्यायाधीश जी ए सनपले यस मामिलामा सलेम मुस्तफा दोसा, करीमुल्ला खान, फिरोज अब्दुल राशिद खान, रियाज सिद्दीकी र ताहिर मर्चेन्टलाई गत  16 जुनमा विस्फोटको षडयन्त्र रचेकोमा दोषी ठहर गर्नुभएको छ।