सर्वोच्च अदालतले अयोध्या भूमि विवाद मामिला माथि आजदेखि सुनुवाई गर्ने

अयोध्या भूमि विवाद मामिलामा अल्लाहबाद उच्च न्यायलयको फैसलालाई चुनौती दिने अनेकौं याचिकाहरू माथि सर्वोच्च अदालतले आज देखि सुनुवाई सुरू गर्नेछ। यसको लागि सर्वौच्च अदालतले न्यायमुर्ती दीपक मिश्रको अध्यक्षतामा तीन न्यायधीशहरूको एउटा पीठ गठन गरेको छ। न्यायलयले राम मन्दिर-बाबरी मस्जिद भूमिको स्वामीत्व सम्बन्धी विवाद माथि सुनुवाई गर्नेछ।

अल्लाहबाद उच्च अदालतको लखनौ पीठले 2010-मा अयोध्याको यो विवादित भूमि सुन्नी वाक्फ बोर्ड, निर्मोही अखडा र राम लल्ला बीच समान-समान भाग गर्ने आदेश दिएको थियो।