डोकलाम गतिरोध जारी रहेकै बेला भारतका परराष्ट्र मन्त्री अनि भूटानका विदेश मन्त्रीको भेटघाट

 

शुक्रबार काठमाडौँमा बिम्सटेक बैठकको छेक पारेर भारतका परराष्ट्र मन्त्री सुषमा स्वराजले भूटानका उहाँका समकक्षी दाम्चो दोर्जीलाई भेट्नुभयो। यी दुइ नेताहरू बीच भएको कुराकानीबारे अहिलेसम्म कुनै औपचारिक विवरण प्राप्त भएको छैन।

उल्लेखनीय छ, डोकलाम गतिरोध जारी रहेकै बेला भारतका परराष्ट्र मन्त्री अनि भूटानका विदेश मन्त्री बीच भेटघाट सम्पन्न भएको छ। भारत, चीन अनि भूटानका सीमानाहरू बीचको त्रिसङ्गम, डोकलामको नाउँले जानिन्छ।

दुवै नेताहरू भारत, बाङ्गलादेश, म्याँमार, स्रीलङ्का, थाइल्याण्ड, भूटान अनि नेपाल सदस्यहरू भएको बिम्सटेक सहयोग सङ्गठनको विदेश मन्त्रीहरूको बैठकमा उपस्थित हुन काठमाडौँ जानुभएको थियो।