भारतीय रेलले यो सप्ताहान्तमा कैयौं नयाँ रेल सेवाहरू सुरू गर्नेछ

यो सप्ताहान्तमा भारतीय रेलले विभिन्न मार्गहरूमा दौडिने नयाँ रेल सेवाहरू सुरू गर्नेछ। यी सेवाहरूद्वारा उत्तर प्रदेश, ओडिशा, बिहार, पञ्जाब, दिल्ली, मध्य प्रदेश, महाराष्ट्र, गुजरात अनि जम्मू एवम् काश्मीरका हजारौं यात्रीहरू लाभान्वित हुनेछन्।

यीमध्ये कतिपय रेल सेवाहरूको उद्घाटन, रेल मन्त्री सुरेश प्रभुले आज भीडियो कन्फरेन्सिङ्ग मार्फत नयाँ दिल्लीबाट गर्नुहुनेछ। यसबाहेक, उहाँले भोली मुम्बईबाट अन्य कतिपय रेल सेवाहरूको उद्घाटन, भीडियो कन्फरेन्सिङ्ग मार्फत गर्नुहुनेछ।