पाम अयल अर्थात् ताडको तेलको आयात शुल्कमा वृद्धि

सरकारले पाम अयल अर्थात् ताडको तेलको आयात शुक्ललाई 7.5 प्रतिशतदेखि बढाएर 15 प्रतिशत अनि रिफाइन्ड तेलको आयात शुल्कलाई 15 प्रतिशतदेखि बढाएर 25 प्रतिशत पारेको छ। सस्तो निर्यातलाई रोक्नु, घरायशी किसानहरूलाई मद्दत पुऱ्याउनु अनि खुदरा मूल्यलाई सही पार्नको लागि सरकारले यो पाइलो सारेको हो।

केन्द्रीय उत्पाद अनि सीमा शुल्क बोर्डद्वारा शुक्रबार नयाँ दिल्लीमा जारी गरिएको अधिसूचनानुसार सोया र सूर्यमुखी जस्ता अन्य खाद्य तेलहरूमाथि आयात शुल्कलाई 12.5 प्रतिशतदेखि बढाएर 17.5 प्रतिशत पारिएको छ।