उरू केन्याटा केन्यामा विवादित चुनावको विजेता घोषित

केन्याका वर्तमान राष्ट्रपति उरू केन्याटालाई  शुक्रबार सम्पन्न राष्ट्रपति चुनावको विजेता घोषित गरिएको थियो तर विपक्षका उम्मेदवार रैला ओडिङ्गाले निष्पक्ष मतदान नभएको आरोप लगाउनु भएपछि विपक्षीका समर्थकहरूद्वारा  विरोध प्रदर्शन गरिएको थियो जसमा एक बालक लगायत तीन जनाको गोली लागेर मृत्यु भएको छ। यसको प्रतिवादमा आक्रोशित मानिसहरूले  दोस्रो दिन पनि प्रदर्शनहरू गर्न जारी राखेका  थिए।

मंगलबार चुनाव परिणामको घोषणा गर्नुहुँदै केन्याको निर्वाचन आयोगका प्रमुखले मतदान निष्पक्ष एवम् शन्तिपूर्ण ढंगामा सम्पन्न भएको बताउनुभएको थियो जसमा केन्याका वर्तमान राष्ट्रपति केन्याटाले 54 प्रतिशत मत प्राप्त गर्नुभएर राष्ट्रपतिको पदमा पुनर्निवाचित हुनुभएको थियो।

ब्रिटेनको अधिनबाट स्वतन्त्र भए पश्चात् केन्याका प्रथम राष्ट्रपतिका छोरा 55 वर्षीय श्री केन्याटाले विरोध प्रदर्शन गरिरहेका मानिसहरूलाई धर्य एवम् एकता बनाइ राख्ने आह्वान गर्नुभएको थियो।