ट्रम्पको आह्वान पश्चात् शी जिङपिङ्गद्वारा उत्तर कोरियाको मामिलामाथि आफ्नो शब्द र कार्यहरू प्रति संवेदनशील रहने सबै पक्षहरूलाई आग्रह

संयुक्त्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोन मार्फत  गरिएको कुराकानी पश्चात् चीनका राष्ट्रपति शी जिङपिङ्गले उत्तर कोरियाको परमाणु कार्यक्रमबाट उत्पन्न समस्याहरूको एक शान्तूपर्ण समाधान खोज्नु आवश्यक छ भन्नुहुँदै यस तनावमा अझ वृद्धि हुनदेखि रोक्न हेतु आफ्नो शब्द र कार्यहरू प्रति संवेदनशील रहने सबै पक्षहरूलाई आग्रह गर्नुभएको छ।

पेन्टागनले बताएअनुसार, संयुक्त्त राज्य अमेरिका तथा दक्षिण कोरियाले आफ्नो योजनाअनुरूप आगामी 10 दिनमा एक संयुक्त्त सैन्य अभ्यास गर्ने दिशातिर अग्रसर हुनेछन् तथा यसले उत्तर कोरियालाई अझ उत्तेजित पार्ने आशङ्का छ। चीनको विदेश मन्त्रालयले पनि एक वक्तव्यमा श्री ट्रम्पलाई उत्तर कोरियाको परमाणु कार्यक्रमबाट उत्पन्न समास्याहरूको एक शान्तूपर्ण समाधान खोज्ने आग्रह गरेको छ।

यसअघि एक ट्वीटमा “सैन्य समाधान अब पूर्ण रूपमा तम्तायर छ, उत्तर कोरियाले मूर्खतापूर्ण कार्य गर्नुपर्नेछ” भन्नुहुँदै  श्री ट्रम्पले उत्तर कोरियाका तानाशाह किम जोङ उन-लाई चेतावनी दिनुभएको थियो।

किम जोङ उन-ले गुआम तथा संयुक्त्त राज्य अमेरिका र उसका सहयोगी मुलुकहरूको भू-भागमाथि प्रहार गर्ने धमकी दिएको खण्डमा उसले पश्चताप गर्नुपर्नेछ श्री ट्रम्पले भन्नुभएको छ।