मेक इन इण्डिया सम्मेलन 2017

‘मेक इन इण्डिया’ अर्थात् भारतमा निर्माण गर प्रक्रियामा यस कार्यक्रमको सफल कार्यान्वयन निम्ति आवश्यक प्रावधानहरु छन् अनि यसले यस कार्यक्रमलाई विकासको एक महत्त्वपूर्ण स्तम्भ बनाएको छ। रक्षा प्रविधि, अनुसन्धान एवम् विकास तथा उत्पादनमाथि रहेका आफ्ना क्षमताहरूको पहिचान गर्नको लागि गत एक वर्षमा भारतीय सेनाले निजी उद्योग एवम् शैक्षिक संस्थानहरूसित शृंखलाबद्ध अन्तर्क्रियाहरू गरेको छ।

सन् 2016-मा रक्षा मन्त्रालयद्वारा अनुमोदित ‘मेक’ अर्थात् निर्माण गर परियोजनाहरूसम्बन्धी उद्योगसँग परिचित गराउन अगस्ट सन् 2016-मा पनि यस्तै किसिमको एउटा सम्मेलनको आयोजना गरिएको थियो। तत्पश्चात् यस प्रक्रियाले गति समातेको छ अनि यसका परिणामहरू पनि अति नै प्रेरणामुलक रहेको छ।

यस दिशातर्फ एक पाइलो अघि सार्दै 12 अगस्ट 2017-को दिन नयाँ दिल्ली स्थित इण्डिया ह्याबिट्याट केन्द्रमा भारतीय सेनाको लागि ‘मेक’ अर्थात् निर्माण गर परियोजनामाथि दोस्रो सम्मेलनको आयोजना गरियो।

सम्मेलनको अवधिमा रक्षा मन्त्रालय(सेना)-को एकीकृत मुख्यालयका विभिन्न महानिदेशकहरूले उद्योगका प्रतिनिधिहरूसँग एक गोल मेज अन्तर्क्रिया गर्नुभयो। यस सम्मेलनमा सेना तथा रक्षा मन्त्रालयका वरिष्ठ अधिकारीहरूले हिस्सा लिएका थिए। यस सम्मेलनमा उद्योग तथा शैक्षिक संस्थानहरूबाट प्रख्यात व्यक्तित्वहरूले पनि हिस्सा लिएका थिए।