जम्मू-कश्मीरमा भएका दुई बेग्ला बेग्लै घटनाहरुमा तीन सैनिकहरू शहीद

जम्मू-कश्मीरमा, दुई भिन्न-भिन्न घटनाहरूमा सेनाका तीन जवानहरू शहीद भएका छन्। सोपिया जिल्लाको अन्योरा क्षेत्रमा हाल चलिरहेको एक मुठभेडमा सेनाका तीन जवानहरू मारिएका छन् साधै अन्य तीनजना घाइते भएका छन्। एक वरिष्ठ प्रहरी अधिकारीले अल इण्डिया रेडियोलाई बताउनु भएअनुसार, हिजो राती सुरु गरिएको आतङ्कवादी विरोधी कार्यवाही अहिलेसम्म चलिरहेको छ। अहिलेसम्म मुठभेडमा कुनै पनि आतङ्कवादीको मृत्यु भएको छैन। क्षेत्रमा पाँचजना आतङ्कवादीहरू लुकेर बसेको जनाइएको छ।

सेनाको एक जवान चाहिँ हिजो राती त्यसबेला मारिएको जनाइएको छ, जति बेला पुंछ सेक्टरनेर नियन्त्रण रेखामा  पाकिस्तानी सेनाको तर्फबाट युद्धविरामको उल्लंघन भएको थियो।