यो महिना नयाँ हज नीति-2018 जारी हुने

केन्द्रीय अल्पसंख्यक मामिला (स्वतन्त्र प्रभार) तथा संसदीय मामिला राज्य मन्त्री श्री मुक्तार अब्बास नक्वीले बताउनु भएअनुसार नयाँ हज नीति-2018-लाई यो महिना जारी गरिनेछ।

सन् 2017-को हज र 22-औं हज तीर्थ यात्रामा जाने तीर्थयात्रीहरुको लागि आयोजन गरिएको हज दिशानिर्देश शिविरको समीक्षाको लागि मुम्बईको हज भवनमा बसेको बैठकमा श्री नक्वीले अर्को वर्षदेखि हज तीर्थयात्रा नयाँ हज नीतिअनुसार आयोजन गरिने स्पष्ट पार्नुभयो। एक उच्च स्तरीय समितिले नयाँ हज नीति तयार पारिरहेको अनि यो काम अन्तिम चरणमा रहेको बताउँदै यसलाई अर्को महिना जारी गरिने उहाँले बताउनु भयो। हज प्रक्रियालाई अधिक पारदर्शी र सहज बनाउनु नै यो नयाँ हज नीतिको उद्देश्य रहेको उहाँले बताउनु भयो। हज तीर्थ यात्रीहरूका लागि सुविधाको राम्रो व्यवस्था गर्नुपर्ने कुरालाई नयाँ हज नीतिमा बढी ध्यानमा राखिएको पनि उहाँले बताउनु भयो।