एसियाली शटगन च्याम्पियनशिपमा शीराज शेख चौथो स्थानमा, भारतीय पुरुषहरूको स्कीट टीमले काँस्य पदक जित्यो

कजाकिस्तानको अस्तानामा जारी 7औँ एसियाली शटगन च्याम्पियनशिपमा भारतीय पुरुषहरूको स्कीट टीमले काँस्य पदक जितेको छ भने व्यक्तिगत प्रतिस्पर्धामा भारतका शीराज शेखले चौथो स्थान प्राप्त गरेका छन्। भारतीय पुरुषहरूको स्कीट टीममा शीराज, मेराज अहमद खान तथा अंगत वीर सिंह बज्वा सामेल थिए। कजाकिस्तानको 350 अङ्क विरूद्ध 375 अङ्क हासिल गरेर उनीहरूले काँस्य पदक जितेका हुन्। भारतले यस प्रतियोगितामा हालसम्म 7 पदकहरू जितिसकेको छ।