रोजर फेडरर मोन्टरियल मास्टर्सको सेमीफाइनलमा

स्वीट्जरल्याण्डका प्रसिद्ध टेनिस खेलाडी रोजर फेडररले मोन्टरियल मास्टर्सको क्वार्टरफाइनलमा रोबर्टो बटिस्टा अगुटलाई 6-4, 6-4-ले परास्त गरेर सेमीफाइनलमा प्रवेश गरेका छन्। क्वार्टरफाइनलमा जीत हासिल गरेर  फेरि पनि सही कार्य गरेको उनले बताए। यस प्रतियोगितामा सही दिशातर्फ अगाडि बढिरहेको पनि उनले बताएका छन्।

मोन्टरियल मास्टर्सको सेमीफाइनलमा फेडररले नेदरल्याण्डका रबिन हासीको मुकाबिला गर्नेछन्। यसअघि डिएगो स्वर्चम्यानलाई 4-6,6-3,6-3-ले परास्त गरेर नेदरल्याण्डका हासी सेमीफाइनलमा पुगेका थिए।