नेपालमा प्रचण्ड वर्षाले गर्दा आएको बाढी अनि पैऱ्होमा परेर 33 व्यक्तिहरूको मृत्यु

नेपालमा लगातार परिरहेको पानीले गर्दा आएको बाढी अनि पैऱ्होमा परेर 33 व्यक्तिहरुको मृत्यु भएको रिपोर्ट छ। बाढीद्वारा प्रभावित 15 जिल्लाहरुमा जनजीवन अस्तव्यस्त छ।

तराई क्षेत्रका हजारौं घरहरू बाढीको पानीमा डुबेका छन् अनि हजारौं मानिसहरूलाई सुरक्षित स्थानहरूमा पुऱ्याइएको छ। प्रहरी र सेनाका आठ हजार तीन सय कर्मीहरू राहत एवम् बचाउ कार्यमा जुटेका छन्। फँसेका मानिसहरुलाई निकाल्न तथा खाद्य र अन्य सामग्रीहरू वितरित गर्नको लागि हेलिकप्टर साथै मोटर बोटहरूको उपयोग गरिंदैछ। विभिन्न नदीहरुको जलस्तर बढिरहेछ अनि कतिपयले खतराको निशानलाई पार गरेको छ। मौसम विभागले तराई अनि कतिपय अन्य क्षेत्रहरूमा प्रचण्ड वर्षा हुने भविष्यवाणी गरेको छ।