डोकलाम गतिरोधमा भारतले एक परिपक्व शक्तिसरह व्यवहार गरिरहेछ

संयुक्त राज्य अमेरिकाका एक शीर्ष रक्षा विशेषज्ञअनुसार सिक्किम क्षेत्रको डोकलाममा व्याप्त गतिरोधको मामिलामा भारतले एक परिपक्व शक्तिसरह व्यवहार गरिरहेछ जबकि चीनले भने क्रुद्ध किशोरसरह व्यवहार गरिरहेछ। सिक्किम क्षेत्र स्थित डोकलाममा बितेका 50 दिनहरूदेखि गतिरोध जारी छ।

यस मामिलामा भारतको व्यवहारको प्रशंसा गर्नु हुँदै प्रतिष्ठित यू.एस. नौसैनिक युद्ध महाविद्यालयका रणनीतिका प्रोफेसर, जेम्स आर. होम्सले भन्नु भयो, भारतले अहिलेसम्म लिएको अडान सही छ अनि यस मुद्दामा उसले एक परिपक्व राष्ट्रको भूमिका निर्वाह गरिरहेको छ।