हिमाचल प्रदेश, असम अनि पश्चिम बङ्गालमा प्रचण्ड वर्षा एवम् बाढीको प्रकोप

हिमाचल प्रदेश राज्यमा मध्यराती बादल फाटेकोले गर्दा कम्तीमा पनि पाँच मानिसहरूको मृत्यु भएको आशंका छ। हाम्रा संवाददाताअनुसार, मण्डी जिल्लाको उरला इलाकामा बादल फाटेकोले पठानकोट-मनाली राष्ट्रिय राजमार्गमा गइरहेका दुई बसहरू अनि एउटा मोटर साइकल पानीले बगाएको रिपोर्ट छ। बचाउ दल त्यहाँ पुग्ने प्रयासमा छ।

असममा 17 सयभन्दा अधिक गाउँहरू बाढीद्वारा प्रभावित भएका छन्। राज्यमा बाढीसित सम्बद्ध घटनाहरूमा मर्नेहरूको संख्या 9 पुगेको छ। ब्रह्मपुत्र समेत कैयौं नदीहरू खतराको निशानभन्दा माथि बगिरहेका छन्। 63 हजार मानिसहरूले राहत शिविरहरूमा शरण लिएका छन्। एक लाख हेक्टर कृषि भूमि पनि बाढीद्वारा प्रभावित भएको छ। राहत अनि बचाउ कार्य युद्ध स्तरमा छ।

पश्चिम बङ्गाल राज्यको उत्तरी हिस्सामा बाढीको स्थिति झन नराम्रो भएको खबर छ। मुख्य मन्त्री ममता ब्यानर्जीले भन्नुभयो, उत्तर बङ्गालका पाँच जिल्लाहरू बाढीद्वारा प्रभावित भएका छन् अनि लगभग एक सय चियाकमानहरू जलमग्न भएका छन्।