त्रिपुराको धलाई जिल्ला प्रशासनद्वारा न्यू इण्डिया मन्थनमाथि काम सुरु

प्रधान मन्त्री श्री नरेन्द्र मोदीले 9 अगस्टको दिन भीडियो कन्फरेन्सिङ्ग मार्फत न्यू इण्डिया मन्थन विषयलाई लिएर जिल्ला कलेक्टरहरूलाई सम्बोधित गर्नुभएको थियो। यसपछि सबै जिल्ला अधिकारीहरूले दृष्टिकोण पत्र बनाउन सुरु गरेका छन्।

त्रिपुरा राज्यको धलाई जिल्लाका जिल्ला अधिकारी, विकास सिंहले न्यू इण्डिया मन्थनमाथि कार्य गर्न सुरु गरेको जानकारी दिनु हुँदै भन्नुभयो, जिल्लामा मानिसहरूको सम्पूर्ण विकासको लागि धेरै क्षेत्रहरूमाथि ध्यान दिनु आवश्यक छ। बुनियादी ढाँचा अनि स्वास्थ्यमाथि पनि ध्यान दिनु आवश्यक रहेको उहाँले बताउनु भयो।

श्री सिंहले बताउनु भयो, शिक्षा, आपदा प्रबन्धन, डिजिटल भारत, खाद्य निगरानी, प्रत्यक्ष लाभ हस्तान्तरण साथै वस्तु एवम् सेवा कर जस्ता मुद्दाहरूमाथि पनि ध्यान केन्द्रित गर्नु जरुरी छ।