नेपाल संसदमा संविधान संशोधन विधेयकमाथि छलफल सुरू

नेपाल संसदमा, धेरै सयमदेखि प्रतीक्षामा रहेको संविधान संशोधन विधेयकमाथि छलफल सुरू भएको छ। मौखिक मतको आधारमा सदनले संविधान संशोधन विधेयक (दोस्रो संशोधन)-2073 स्वीकार गरेपछि सभामुख ओनसरी घर्तीले सदस्यहरूलाई छलफल गर्ने अनुमति दिनुभयो।

विधेयकका प्रत्येक बुँदाहरूमाथि विस्तृत रूपमा छलफल गरिनेछ। त्यसपछि यस विधेयक पारित निम्ति मतदान हुनेछ। यसै वर्षको अप्रैल महिनामा छ: मधेश केन्द्रित दलहरू सम्मिलित भएर एउटा सिङ्गो पार्टीमा परिणत भएको राष्ट्रिय जनता पार्टीले भाषा लगायत संघीय प्रान्तको पुनर्सीमाङ्कन तथा नागरिकताको मामिलाहरूमाथि संविधानमा संशोधन गर्ने माग गरिरहेको थियो।
सत्तारूढ नेपाली काँग्रेस, सीपीएन-माओवादी केन्द्र तथा अन्य गठबन्धन पार्टीहरू यस संशोधनको पक्षमा छन् भने सीपीएन-युएमएल र अन्य पार्टीहरूले यसको विरोध गरिराखेका छन्।