भारतलाई स्वच्छ बनाउँ, प्रधान मन्त्री मोदीको मन्त्रीहरूसित आग्रह

प्रधान मन्त्री नरेन्द्र मोदीले मंगलबार उहाँको मन्त्री मण्डललाई ‘भारतलाई स्वच्छ बनाउने’ तथा आगामी 15 सेप्टेम्बरको दिन सारा भारतमा आरम्म हुने “स्वच्छता नै सेवा” पक्षलाई एउटा महान सफलता बनाउन आग्रह गर्नुभयो।

स्वच्छ भारत अभियानको तेस्रो जयन्तीको अवसरमा सरसफाईलाई हरेक व्यक्तिको जिम्मेदारी बनाउने स्वच्छता पक्ष 15 सेप्टेम्बरबाट 2 अक्टोबर सम्म मनाई रखिएको छ।

यस कार्यक्रमको  एक हिस्साको तवरमा गरिएको एक प्रस्तावमा, क्रिकेट, हकी, फूटबल र व्याडमिन्टन लगायतका टीमहरूलाई एउटा फोहोर बस्ती अपनाउन तथा त्यसको सर-सफाई गर्न आह्वान गरिनु पनि सामेल छ।

सार्वजनिक तथा पर्यटन स्थलहरू, बजारहरू, शालिगहरू, चिकित्सालयहरू र बस अड्डाहरूको सफाईको लागि एउटा विशाल अभियान सुरू गर्ने सुझाउ गरिएको छ र मन्त्रीहरूलाई ‘स्वच्छ भारतमा’ योगदान गर्न जन समुहलाई प्रेरित गर्न आह्वान गरिएको छ।

मन्त्रीमण्डलमा हालै गरिएको परिवर्तन पछिको मन्त्री मण्डलको पहिलो बैठकमा खाने पानी र स्वच्छता सचिव परमेश्वरन अय्यरले एउटा विस्तृत प्रस्तुती पेश गर्नुभयो।