अमेरिकामा विनियोजन समितिहरूद्वारा पाकिस्तानलाई सैन्य र आर्थिक सहयोगका लागि वाशिङ्गटन समक्ष कडा सर्तहरूको प्रस्ताव राखियो

संयुक्त्त राज्य अमेरिकाको सिनेट तथा प्रतिनिधि सभा दुवैमा विनियोजन समितिहरूले पाकिस्तानलाई सैन्य र आर्थिक सहयोगका लागि वाशिङ्गटन समक्ष कडा सर्तहरूको प्रस्ताव राखेका छन्। आतङ्कवाद विरुद्ध लडाइँमा भएको प्रगतिको समीक्षा गर्न समितिहरूले सो बैठक डाकेका थिए।

वर्ष 2018 निम्ति संयुक्त्त राज्य अमेरिकाको विदेश मन्त्रालयका लागि वार्षिक विनियोजन विधेयक पारित गर्दै सिनेटको विनियोजन समितिले बताएअनुसार, क्षेत्रमा आतङ्कवाद विरुद्ध लडाइँ लगायत संयुक्त्त राज्य अमेरिकाका सामरिक लक्ष्यहरू पूरा गर्नमा पाकिस्तानका प्रतिबद्धताहरूमाथि आफू चिन्तित रहिआएको छ।

हक्कानी सञ्जाल, क्वेटा शुरा तालिबान, लश्कर-ए-तयबा, जैश-ए-मोहम्मद, अल-कायदा तथा अन्य स्वदेशी एवम् विदेशी आतङ्की संगठनहरू विरुद्ध आतङ्कवाद प्रतिकार प्रयासहरूमा इस्लामाबादले संयुक्त्त राज्य अमेरिकाको साथ दिइराखेको छ भन्ने प्रमाणपत्र अब विदेश मन्त्रीले काँग्रेसलाई दिनु आवश्यक रहेको देखिएको छ।

यसमा यस्ता आतङ्की गुटहरूमाथिको समर्थनलाई अन्त्य गर्ने प्रभावशाली पाइलाहरू पनि सामेल छन् जसले पाकिस्तानबाट छिमेकी मुलुकहरूमा हमलाहरू गरिराखेका छन्।

संयुक्त्त राज्य अमेरिकाका विदेश मन्त्रीले यो कुराको पनि प्रमाणपत्र दिनु पर्नेछ कि इस्लामाबादले संयुक्त्त राज्य अमेरिका वा अफगानिस्तानमा गठबन्धन बल विरुद्ध आतङ्की गतिविधिहरूको समर्थन गरेको छैन तथा पाकिस्तानका सैन्य र गुप्तचर एजेन्सीहरूले पाकिस्तानमा राजनैतिक तथा न्यायिक प्रक्रियाहरूमा अनावश्यक हस्तक्षेप गरिरहेको छैनन्।