काठमाडौँ स्थित भारतीय दूतावासद्वारा दूतावासीय शिविरहरूको आयोजना

काठमाडौँ स्थित भारतीय दूतावासले भैरहवा, बुटवल तथा भरतपुरमा सेप्टेम्बर 7 तारिखदेखि 10 तारिखसम्म दूतावासीय शिविरहरूको आयोजना गऱ्यो। यी शहरहरू तथा छेउछाउका  इलाकाहरूमा बसोबास गर्दै आएका 600 भन्दा अधिक भारतीय नागरिकहरूलाई पञ्जीकरण सेवाहरू प्रदान गरियो। शिविरमा अन्य दूतावासीय सेवाहरू सम्बन्धी जानकारी र सुझावहरू पनि दिइयो।

यी शिविरहरूको आयोजना भैरहवा च्याम्बर अफ कमर्स, बुटवल च्याम्बर अफ कमर्स तथा भरतपुर मेडिकल कलेजको निकट सहयोगमा गरिएको थियो। नेपालमा भारतीय नागरिकहरूको संगठनले पनि दूतावास टोलीलाई शिविरहरूको सफल आयोजना गर्न व्यापक मद्दत गऱ्यो। पोखरामा यस्तै किसिमको शिविरको आयोजना सेप्टेम्बर 16 र 17 तारिखको दिन गरिनेछ।