श्रीलङ्काली राष्ट्रपतिद्वारा उप पर्यटन मन्त्री बर्खास्त

श्रीलङ्काका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले मंगलबार पार्टी नेतृत्वको विरोध गरेको आरोपमा उप पर्यटन मन्त्रीलाई बर्खास्त गर्नुभएको छ।  एक महिनाभन्दा कम अवधिमा दोस्रो पटक शीर्ष मन्त्रीलाई सरकारबाट हटाइएको छ। राष्ट्रपति कार्यालयले बताएअनुसार, अरून्दिका फर्नान्डोलाई उहाँको पदबाट बर्खास्त गरिएको छ।

फर्नान्डो सिरिसेनाको श्रीलङ्का फ्रिडम पार्टी, एसएलएफपी-का सदस्य हुनुहुन्छ तथा उहाँको दाबीअनुसार, प्रधान मन्त्री रानिल विक्रमासिंहको युनाइटेड नेशनल पार्टी, युएनपी विरुद्ध भ्रष्टाचारको आरोपमा एसएलएफपी-का सात सदस्यहरूले चाँडै आफ्ना पदहरूबाट राजीनामा दिनेछन्।

एसएलएफपी र युएनपी बीच सरकार चलाउने गठबन्धन व्यवस्था डिसेम्बरमा समाप्त हुन गइरहेछ। तर हालैमा सिरिसेना तथा विक्रमासिंहले सन् 2020 सम्मका लागि सरकारको आर्थिक लक्ष्यको घोषणा गर्नुभयो जसले उहाँहरूसित यो गठबन्धन तोड्ने कुनै इरादा नरहेको सङ्केत दिएको छ।