सिङ्गापुर: हलिमाह याकुबले आज राष्ट्रपतिको रूपमा शपथ ग्रहण गर्नुहुनेछ

सिङ्गापुरले आज नयाँ राष्ट्रपति पाउनेछ। श्रीमती हलिमाह याकुबले आज मुलुकको प्रथम महिला राष्ट्रपतिको रूपमा शपथ ग्रहण गर्नुहुनेछ। यसका साथै उहाँ मले जातीबाट पनि पहिलो राष्ट्रपति बन्नुहुनेछ।

सोमबार राष्ट्रपति चुनाव आयोगले श्रीमती याकुबलाई मात्रै राष्ट्रपति पदका लागि योग्य उम्मेदवार घोषित गरेको थियो। उहाँको कुनै विपक्षी नभएको कारण  चुनाव गर्ने कुनै आवश्यक छैन।