भारतीय महिला हकी टीम र बेल्जियम जुनियर पुरुष टीम बीचको म्याच 2-2 गोलले ड्र

बेल्जियमको एन्टवर्पमा भारतीय महिला हकी टीम र बेल्जियम जुनियर पुरुष टीम बीच खेलिएको म्याच 2-2 गोलले ड्र भएको छ। भारतकी निक्की प्रधान र वन्दना कटारियाले एक-एक गोल गरिन्। युरोप टूरको तेस्रो म्याचमा बिहीबार भारतले नेदरल्याण्डको महिला हकी टीम विरुद्ध खेल्नेछ।