लस एन्जलसले 2028-को ओलम्पिक्सको मेजबानी गर्ने

लस एन्जलसले सन् 2028-को ओलम्पिक्सको मेजबानी गर्नेछ। अन्तर्राष्ट्रिय ओलम्पिक समिति, आईओसी-को मूल्याङ्कन आयोगले हिजो यस कुरोको अधिकारिक सङ्केत दिएको छ। आज आईओसी-ले 2024-को ओलम्पिक्स पेरिसलाई दिनेछ भने 2028-को ओलम्पिक्स लस एन्जलसलाई दिनेछ।

वास्तवमा लस एन्जलसले सन् 2024-को ओलम्पिक्सका लागि अनुमति मागेको थियो।  मूल्याङ्कन समितिले बताएअनुसार, खोलको अन्तिम रूपरेखा तयार पार्नु बाँकी रहे तापनि सन् 2028-को ओलम्पिक्स लस एन्जलसले गर्नसक्छ भन्ने कुरोमाथि आफू विश्वस्त रहेको जानकारी दिएको छ।