अगष्टमा खुदरा मुद्रास्फीतिको दर पाँच महिनामा सर्वाधिक 3.36 प्रतिशतमा

यस वर्ष अगष्ट महिनामा खुदरा मुद्रास्फीतिको दर बढेर 3.36 प्रतिशतमा पुग्न गयो। कतिपय खाद्य सामग्रीको मूल्यमा भएको वृद्धिनै यसको मुख्य कारण हो। यस वर्ष जुलाईमा उपभोक्ता मूल्य सूचक आधारित मुद्रास्फीति 2.36 प्रतिशत रहेको थियो।

हिजो जारी गरिएको सरकारी तथ्याङ्कका अनुसार, खाद्य सामग्रीको मुद्रास्फीति अगष्ट महीनामा गिरावटको प्रवृत्तिलाई उल्टो पार्दै 1.52 प्रतिशत बढेको थियो।