चक्रवात इरमा परेको सिन्ट मार्टेनबाट 110 भारतीय एवम् भारतीय मुलका मानिसहरू अन्यत्रै सारियो

चक्रवात इरमा प्रभावित सिन्ट मार्टेनबाट 110 जना भारतीय एवम् भारतीय मूलका मानिसहरूलाई निकालेर केरिबियन द्वीपको कुराकाउ पुरयाइएको छ।

एउटा ट्वीटमा परराष्ट्र मन्त्रालयका प्रवक्ता रवीश कुमारले भन्नुभयो, भारत सरकारद्वारा भाडामा लिइएको एउटा विमानले यी 110 जनालाई सिन्ट मार्टेनबाट कुराकाउ पुऱ्यायो।

फ्रान्स र न्यादरल्याण्डको संयुक्त प्रशासनमा रहेको सेन्ट मार्टेन चक्रावात इरमाको सोझो मार्गमा परेको थियो।

यो समुद्री चक्रावतले विगत साता केरिबियनको यस द्वीपमा भयङ्कर विनाशलीला मच्चाएको थियो।