भारत-बेलारूसियाली सहयोग प्रगति पथमा     

आलेख : सुनील गटाडे, राजनीतिक समीक्षक

भारत र बेलारूसले आफ्ना द्विपक्षीय सम्बन्धहरूलाई बढुवा दिँदै विविध क्षेत्रहरूमा सहयोग बढाउनका लागि 10 सम्झौताहरूमा हस्ताक्षर गरेका छन्। तथापि बेलारूसका राष्ट्रपति अलेक्जान्डर लुकाशेन्कोको हालै सम्पन्न भ्रमणको मुख्य केन्द्रविन्दु रक्षा क्षेत्रमा संयुक्त विकास र निर्माणको पत्तो लगाउनेबारे निर्णय लिनु रह्यो।

भारतले महत्वाकांक्षी ‘मेक इन इण्डिया’ कार्यक्रमलाई बढुवा दिइरहेको बेला बेलारूसले सोभियत संघ युगमा  विनिर्माण र प्रविधिहरूको सहयोग गरेको तथ्यलाई विशेषगरी ध्यानमा राख्दै बेलारूसका साथ रक्षा सहयोगको एक ठूलो क्षेत्र छ भन्ने कुरा महसूस गरिएको छ। प्रधान मन्त्री नरेन्द्र मोदी र भारत भ्रमणमा आउनुभएको बेलारूसका राष्ट्रपति लुकाशेन्कोले दुइ मुलुकबीच आर्थिक सम्बद्दता बढाउनमा ध्यान दिनेबारे सहमति जनाउँदै व्यापार र लगानीलाई बढुवा दिनका लागि धेरै सम्भावनाहरू रहेको बताउनुभयो।

प्रधान मन्त्री मोदीले वार्तालाई व्यापक र भविष्यमुखी बताउनुभयो भने बेलारूसका राष्ट्रपतिले दुइ मुलुकहरू सहयोगको “नयाँ चरण ”-को सङ्घारमा रहेका छन् भनेर एकदम सही भन्नुभयो। उहाँले भारत बहु-ध्रुवीय विश्वमा एक “शक्तिशाली ध्रुव”-को रूपमा उदीयमान भएको चाहाना राख्नुभएको थियो। पूर्व राष्ट्रपति प्रणब मुखर्जी 2015-को मे-मा बेलारूस भ्रमणमा जानुभएको थियो। बेलारूसका साथ भारतको सम्बन्ध पारम्परिक रूपले न्यानो र सौहार्दपूर्ण रहिआएको छ। 1991-मा सोभियत संघ भंग भएपछि बेलारूसलाई स्वतन्त्र मुलुकको रूपमा मान्यता दिने प्रथम मुलुकहरूमध्ये भारत पनि एक थियो। औपचारिक कुटनीतिक सम्बन्ध स्थापित भयो र 1992-मा मिन्स्कमा भारतीय कुटनयिक मिशन स्थापित गरियो। बेलारूसले 1998-मा नयाँ दिल्लीमा आफ्नो दूतावास खोलेको थियो।

बेलारूसियाली राष्ट्रपतिको यो तेस्रो भारत यात्रा महत्त्वपूर्ण थियो किनकि दुइ मुलुकहरूले कुटनीतिक सम्बन्ध स्थापित गरेको 25 वर्ष पुगेको खुशीयाली मनाइरहेका छन्। यस अवसरमा प्रधान मन्त्री मोदी र राष्ट्रपति लुकासेन्कोले एक डाक टिकट पनि जारी गर्नुभयो जो यस यात्राको एक मुख्य आकर्षण थियो।

तेल र ग्यास, कृषि, विज्ञान तथा प्रौद्योगिकी, शिक्षा र खेल सहित विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोग बढाउनका लागि सम्झौताहरूमा हस्ताक्षर भयो। दुइ मुलुकहरू ‘मेक इन इंडिया’ पहल अन्तर्गत रक्षा क्षेत्रमा संयुक्त विकास र विनिर्माणलाई प्रोत्साहित गर्न सहमत भए।

बेलारूसमा भारतीय लगानीकर्ताहरूलाई आमन्त्रित गर्दै श्री लुकासेन्कोले कारोबार गर्नका लागि सबैभन्दा अनुकूल र आदर्श व्यवस्थाहरू प्रदान गरिने वाचा गर्नुभयो। भारत बेलारूससित यूरेशियाली आर्थिक संघ, ईईयू र अन्तर्राष्ट्रिय उत्तर दक्षिण परिवहन करिडोर जस्ता बहुपक्षीय आर्थिक पहलसित जोडिएको छ। मुक्त व्यापार सम्झौताका लागि भारतले ईईयू-सित कुराकानी गरिरहेको छ। बेलारूस पाँच सदस्यीय ईईयूको हिस्सा हो जसलाई एक प्रभावी मध्य एसियाली समूह मानिन्छ। 2016-मा भारत-बेलारूसियाली द्विपक्षीय व्यापार लगभग 40 करोड 20 लाख अमेरिकी डलर पुगेको थियो। फार्मास्यूटिकल्स र तेल तथा ग्यास सहित विभिन्न क्षेत्रमा प्रचुर व्यापार र लगानीका अवसरहरू छन्।

आर्थिक सम्बन्धलाई थप जोड दिने माग गर्दै भारतीय प्रधान मन्त्रीले दुइ मुलुकका कम्पनीहरूले क्रेता-बिक्रेता ढाँचाबाट गहन सम्बद्धता विकसित गर्नुपर्ने कुरामाथि बल दिनुभयो। यो आवश्यक छ किनकि दुइ पक्षले दुइ मुलुकहरूबीच प्राकृतिक पूरकताहरूको निर्माण गर्न सक्छन्।

राजनीतिक पक्षमा दुवै नेताहरूले बहुपक्षीय मञ्चमा ‘पारस्परिक हितका मामिलाहरू’-मा निकटता साथ सहयोग गर्ने सहमति जनाउनुभयो। लगभग सबै अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दाहरूमाथि विचारहरूको उल्लेखनीय समानताका साथ अन्तर्राष्ट्रिय, बहुपक्षीय र क्षेत्रीय मामिलाहरूमा दुइ मुलुकहरूबीच राम्रो सुझबुझ र सहयोग रहिआएको छ। बेलारूसले राष्ट्र संघ सुरक्षा परिषद, यूएनएससी-मा स्थायी सदस्यताका लागि भारतको उम्मेद्वारीको समर्थन गर्दै आएको छ। बेलारूसले 2011-12-मा राष्ट्र संघ सुरक्षा परिषदमा गैर-स्थायी सदस्यका लागि भारतको उम्मेद्वारीको समर्थन गरेको थियो। बेलारूसले परमाणु आपूर्तिकर्ता समूह, एनएसजी-मा पनि भारतको समर्थन गरेको छ। भारतले असंलग्न आन्दोलनमा बेलारूसको सदस्यताको समर्थन गरेको छ।  अन्तर्राष्ट्रिय संसदीय संघ, आईपीयू जस्ता अन्य अन्तर्राष्ट्रिय र बहुपक्षीय मञ्चहरूमा पनि भारतले बेलारूसको समर्थन गरेको छ जसलाई मिन्स्कले सराहना गरेको छ।

मानव अधिकारहरूको उल्लंघन र अभिव्यक्तिको स्वतन्त्रतामाथि प्रतिबन्धका लागि बेलारूसलाई लक्षित गरी जेनेभा र न्यूयोर्कमा लिइएका विविध प्रस्ताव सम्बन्धमा भारतको सहयोगात्मक अडानको बेलारूसले सराहना गरेको छ। बेलारूसले भारतलाई एक उदीयमान वैश्विक शक्तिको रूपमा मान्यता दिएको छ र भारतका साथ “सामरिक सम्बन्ध” विकसित गर्न चाहन्छ। बेलारूसियाली राष्ट्रपतिको हालै सम्पन्न भारत भ्रमणले यसको संकेत दिएको छ। आर्थिक सम्बद्धतालाई गति प्रदान गर्ने प्रयास गरिएको छ। यो दुइ मुलुकहरूका लागि एक जित हो।