जापानका प्रधान मन्त्री शिन्जो आबे अहमदाबाद आइपुग्नुभयो

जापानका प्रधान मन्त्री शिन्जो आबे भारतका प्रधान मन्त्री नरेन्द्र मोदीसित सांस्कृतिक रोड शो-मा भाग लिनका लागि अहमदाबाद आइपुग्नुभएको छ। आठ किलोमिटर लामो यो रोड शो अहमदाबाद विमान स्थलबाट सुरु भएर साबरमती गान्धी आश्रममा सम्पन्न हुँदैछ।

जापानका प्रधान मन्त्री दुईदिने भारत यात्रामा अहमदाबाद आइपुग्नुभएको हो। दुवै नेताहरूले भोली गान्धी नगर स्थित महात्मा मन्दिरमा  12औँ भारत-जापान वार्षिक सम्मेलनमा भाग लिनु हुनेछ। आधिकारिक सूत्रहरूअनुसार यो पहिलो अवसर हो जब देशमा आतिथ्यकार प्रधान मन्त्री र अर्को मुलुकका प्रधान मन्त्रीले संयुक्त सडक प्रदर्शनीमा भाग लिइरहनुभएको छ।

पछि साँझमा दुवै नेताहरूले अहमदाबादको हेरिटेज होटेलमा द्विपक्षीय वार्ता गर्नुहुनेछ र त्यसपछि अहमदाबादका मेयरद्वारा रात्रिभोजको आयोजन गरिएको छ। भोली बिहान श्री मोदी र श्री आबेले महत्त्वाकाङ्क्षी मुम्बई-अहमदाबाद उच्च गति रेल परियोजनाको कार्य थालनी समारोहमा पनि भाग लिनुहुनेछ।