काठमाडौँमा पण्डित दीनदयाल उपाध्यायको 100-औं जन्म जयन्ती मनाइयो

पण्डित दीनदयाल उपाध्यायको 100-औं जन्म जयन्तीको अवसरमा भारतीय दूतावास अनि बी.पी.कोइराला फाउन्डेशनले 25 सेप्टेम्बर, सन् 2017-मा काठमाडौँमा एक वार्ता कार्यक्रमको आयोजना गरे। प्रसिद्ध विद्वान, भूतपूर्व मन्त्री अनि राष्ट्रसंघमा नेपालका भूतपूर्व प्रतिनिधि, प्रोफेसर जया राजले वार्ता प्रस्तुत गर्नुभयो। उहाँले भन्नुभयो, पण्डित दीनदयाल उपाध्याय दूरदृष्टियुक्त राजनीतिक नेता हुनुहुन्थ्यो अनि उहाँको सपनालाई साकार गर्नको लागि ग्रामीण क्षेत्रहरूको सामाजिक, आर्थिक अनि शैक्षिक विकास आवश्यक छ। उहाँले भारत अनि नेपालले राष्ट्रिय विकास सेवा कार्यक्रम सुरू गर्ने सुझाउ पनि दिनुभयो।

नेपालमा भारतका राजदूत मञ्जीव सिंह पुरीले आफ्नो सम्बोधनमा भन्नुभयो, पण्डित उपाध्यायको दर्शन नै निर्धनहरूलाई माथि उठाउनु थियो। यस अवसरमा पण्डित दीनदयाल उपाध्यायको जीवनमाथि आधारित वृत्त चित्र पनि प्रदर्शित गरियो।