महिला तथा बाल विकास मन्त्रालयले बेटी बचाओ, बेटी पढाओ साता पालन गर्ने

महिला तथा बाल विकास मन्त्रालयले आज देखि आगामी 14 तारिख सम्म ‘बेटी बचाओ, बेटी पढाओ’ साता पालन गर्ने छ।

यो कार्यक्रम कार्यन्वित गरि राखिएका 161 जिल्लाहरूमध्ये 104 जिल्लाहरूमा जन्मावस्थाको लिंग अनुपातमा एउटा बढ्दो प्रवित्ति देखा परेको छ।

महिला एवम् बाल विकास मन्त्रालयले अब यस कार्यक्रमलाई मुलुकका सबै जिल्लाहरूमा विस्तारित गर्ने योजना बनाएको छ र यसमा 161 जिल्लाहरूमध्ये ती 56 जिल्लाहरूमाथि विशेष ध्यान दिइने छ जसमा जन्मावस्थाको लिंग अनुपातमा एउटा घट्दो प्रवित्ति देखिएको छ।

यो प्रधान मन्त्री नरेन्द्र मोदीका प्रिय कार्यक्रममध्ये एक हो जसको थालनी जनवरी 2015- मा गरिएको थियो। 2011- को जनगणनामा लिंग अनुपात सबै भन्दा थोरै रहेका जिल्लाहरूमा यो कार्यक्रम लागु गरि राखिएको छ।