चुनाव आयोगका शीर्ष अधिकारीहरूको टोली गुजरात भ्रमणमा, चुनावी तयारीको समीक्षा गर्ने

प्रमुख चुनाव आयुक्त ए के जोतीले चुनाव आयोगका वरिष्ठ अधिकारीहरूका साथ आजदेखि दुइ दिने गुजरात भ्रमण गर्नुहुनेछ।

चुनाव आयोगको टोलीले आगामी दुइ महिना भित्र हुने भनिएको गुजरात विधान सभा चुनावका  तयारीहरूको समीक्षा गर्नेछ।

एक प्रेस विज्ञप्तिमा राज्य सरकारले भनेको छ, चुनाव आयोगका अधिकारीहरूले आज अहमदाबादमा मान्यता प्राप्त राजनीतिक पार्टीका प्रतिनिधिहरूसित भेट गर्नेछन्। उनीहरूले चुनाव व्यवस्थापनका विभिन्न पहलुहरूको समीक्षा गर्न गान्धीनगरमा जिल्लाका सबै चुनाव अधिकारीहरू र वरिष्ठ पुलिस अधिकारीहरूका साथ पनि बैठक गर्नेछन्। यस अतिरिक्त उनीहरूले  राज्यका मुख्य सचिव, अतिरिक्त मुख्य सचिव(गृह) र पुलिस महानिरीक्षकसित पनि बैठक गर्नेछन्।