विलम्बको कारण सन्तोषजनक रहेमा बीमा सम्बन्धी दावा नामञ्जुर गर्न सकिन्नः सर्वोच्च अदालत

सर्वोच्च अदालतले के बताएको छ भने, बीमाको दावा पेश गर्दा विलम्बको कारण सन्तोषजनक रुपले बताइएमा दावा नामञ्जुर गर्न सकिन्न।

न्यायमुर्ति आर के अग्रवाल र न्यायमुर्ति एस अब्दुल नजिर सामेल रहनु भएको एउटा पीठले के बताएको छ भने, दावाहरूलाई पूर्णरुपले प्राविधिक आधारमा यान्त्रिक शैलीमा नामञ्जुर गरिंदा पलिसी धारकहरूले बीमा उद्योगमाथिको विश्वास गुमाउने छन्।

बीमाको दावा पेश गर्नमा विलम्ब भएको अवस्थामा  बीमा कम्पनीले दावाको फाइदा अस्वीकार गर्न सक्छ भनि राष्ट्रिय उपभोक्ता विवाद निवारण आयोग (एन सी डी आर सी)-ले सुनाएको एउटा फैसला विरुद्ध एक व्यक्तिद्वारा गरिएको यो अपिलमाथि नै सर्वोच्चको यो टिप्पणी आएको हो।