सर्वोच्च न्यायालयद्वारा राज्यहरूलाई स्कूलका विद्यार्थीहरूको सुरक्षा सम्बन्धी केन्द्रका दिशानिर्देशहरू पालन गर्न निर्देश

सर्वोच्च न्यायालयले सबै राज्य सरकारहरूलाई मुलुकका हरेक विद्यालयका विद्यार्थीहरूको सुरक्षा सम्बन्धी सरकारका दिशानिर्देशहरू पालन गर्न निर्देश दिएको छ।

प्रमुख न्यायाधीश दीपक मिश्रको अध्यक्षतामा रहेको एक पीठले सबै राज्यका प्रमुख सचिवहरूलाई याचिकाहरूको जवाफ पेश गर्ने निर्देश दिएको छ। यसमा सात वर्षिय ती विद्यार्थीका पिताको याचिका पनि शामेल छ जसको गुरुग्रामको स्कूलमा हत्या भएको थियो।

न्यायालयको पीठले यस मामिलाको अर्को सुनुवाई 30 अक्टोबरमा गर्ने तय गरेको छ र सबै राज्यहरूलाई यस अवधि भित्र जवाफ पेश गर्न भनेको छ।