राज्य सरकारहरूले तीव्रताका साथ जीएसटी लागू गरिररहेका छन्: वित्त मन्त्री जेटली

वित्त मन्त्री अरुण जेटलीले भन्नुभएको छ, हालै सुरु गरिएको वस्तु एवम् सेवा कर, जीएसटी-लाई विफल पार्ने प्रयास गरिए पनि राज्यहरूले तीव्र गतिले यस नयाँ व्यवस्थालाई अपनाइरहेका छन्।

श्री जेटलीले पेपैलका अध्यक्ष एवम् सीईओ ड्यान शुलमैन र भारतीय उद्योग परिसंघ, सीआईआई-का चन्द्रजीत ब्यानर्जीका साथ कुराकानीको बेला जीएसटी सम्बन्धी ठूला चुनौतीहरूबारे सोधिएको एक प्रश्नको जवाफ दिँदै हुनुहुन्थ्यो। श्री जेटलीले भन्नुभयो, भारतीय अर्थव्यवस्थाको वैश्विक एकीकरण एक यस्तो समयमा भइरहेको छ जब अन्य मुलुकका अर्थव्यवस्था  अधिक संरक्षणवादी भइरहेका छन्।