परराष्ट्र मन्त्री सुषमा स्वराजले अमेरिकी राज्य कोलोराडोका राज्यपालका साथ कुराकानी गर्नुभयो

परराष्ट्र मन्त्री सुषमा स्वराजले अमेरिकी राज्य कोलोराडोका राज्यपाल जोन हिकनलूपरका साथ कुराकानीमा गर्नुभयो र आर्थिक सहयोगका विभिन्न क्षेत्रहरूको पहिचान गर्नुभयो।

परराष्ट्र मन्त्रालयका प्रवक्ता रवीश कुमारले एक ट्वीटमा भन्नुभयो, श्रीमती सुषमा स्वराजको कोलोराडोका राज्यपालका साथ हिजो सोमबार रचनात्मक तथा उपयोगी कुरानकानी भएको छ। कोलोराडोका राज्यपालको यो पहिलो भारत भ्रमण हो।

उहाँले भन्नुभयो, श्रीमती स्वराज अनि श्री हिकनलूपरले भारत र संयुक्त अमेरिकाको कोलोराडो राज्यबीच आर्थिक सहयोग प्रगाढ बनाउने निर्णय गर्नुभएको छ।

प्रवक्ताले बताएअनुसार दुवै नेताहरू एकार्काका तागत तथा कोलोराडो र भारतका आवश्यकताहरूको पहिचान अनि मिलान गर्न सहमत हुनुभएको छ जसको उद्देश्य आर्थिक साझेदारीलाई अझ प्रगाढ बनाउनु हो।