प्रधान मन्त्री आज नयाँ दिल्लीमा नानाजी देशमुखको शतवार्षिकीको उद्घाटन समारोहमा सहभागी हुनु हुने

प्रधान मन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा नानाजी देशमुखको शतवार्षिकीको उद्घाटन समारोहमा सहभागी भइ ग्रामीण एवम् स्थानीय विकाससित सम्बन्धित परियोजनाहरूको उद्घाटन गर्नु हुनेछ।

यस अवसरमा  प्रधान मन्त्रीले नानाजी देशमुखको स्मृतिमा एउटा हुलाक टिकट पनि जारी गर्नु हुनेछ। उहाँले, जिल्ला स्तरमा विकास कार्यहरूको समन्वय एवम् निगरानीको लागि एउटा पोर्टल तथा ग्राम पञ्चायत स्तरमा ग्रामीण विकास कार्यहरूको प्रगतिको सम्बन्धमा सूचना प्रदान गर्ने एप्सको  पनि उद्घाटन गर्नु हुनेछ।