प्रधान मन्त्रीको आर्थिक सल्लाहाकार परिषदको आज प्रथम बैठक

आज नयाँ दिल्लीमा प्रधान मन्त्री नरेन्द्र मोदीको नव गठित आर्थिक सल्लाहाकार परिषदको  प्रथम बैठक भइरहेछ।

प्रधान मन्त्री नरेन्द्र मोदीले विगत महिना यस परिषदको गठन गर्नुभएको थियो जसमा प्रख्यात अर्थशास्त्रीहरू र विशेषज्ञहरू सामेल छन्।

परिषदको अध्यक्षता नीति आयोगका सदस्य ड. विबेक देवरयले गर्दै हुनुहुन्छ। ड. सुरजित भल्ला, ड. रथिन रय, ड. आशिम गोयल र रतन वातल अन्य सदस्यहरूको रूपमा रहनु भएको यस परिषदले उद्भवशील महत्त्वका विषयहरूबारे चर्चा गर्नका साथै विस्तृत क्षेत्रका सरोकारहरूवालाहरूसित सर-सल्लाह गरी प्रधान मन्त्रलाई तदनुरूप परमर्श दिनेछ।