एक लाख युवाहरूले जापानमा रोजगारको प्रशिक्षण प्राप्त गर्नेः कौशल विकास मन्त्री प्रधान     

सरकारको कौशल विकास कार्यक्रमको हिस्साको तवरमा भारतले तीन देखि पाँच वर्ष सम्म कार्यस्थलीय प्रशिक्षणको लागि एक लाख युवाहरूलाई जापान पठाउने छ।

ट्वीट संदेशहरूको एउटा शृंखलामा कौशल विकास एवम् उद्यमशीलता मन्त्री धर्मेन्द्र प्रधानले भन्नुभयो, भारतीय प्राविधिक प्रशिक्षार्थीहरूको आर्थिक खर्च जापानले उठाउने छ। श्री प्रधानले भन्नुभयो, प्राविधिक प्रशिक्षार्थी प्रशिक्षण कार्यक्रममाथि भारत र जापानबीच सहयोग सम्बन्धी सहमति पत्र (एम ओ सी)- मा हस्ताक्षरको लागि मन्त्री मण्डलले अनुमति दिएको छ। आगामी 16 अक्टोबर देखि आरम्भ हुने उहाँको तीन दिने जापान यात्राको अवधिमा यस एम ओ सी- मा हस्ताक्षर गरिने आशा छ।

श्री प्रधानले भन्नुभयो, यी युवाहरूले जापानको परिवेशीय प्रणालीमा काम गर्नेछन् र त्यहाँ आवासीय सुविधाको साथ रोजगारका अवसरहरू प्राप्त गर्नेछन्। एक आधिकारिक वक्तव्यमा बताइएअनुसार, एम ओ सी-ले कौशल विकासको क्षेत्रमा दुई मुलुकहरूबीच द्विपक्षीय सहयोगको लागि मार्ग प्रशस्त पार्ने अपेक्षा छ।