निजताको अधिकारमाथि सर्वोच्च अदालतको फैसलाबाट आधार सुरक्षित रहन्छः अरुण जेटली

वित्त मन्त्री अरुण जेटलीले भन्नु भएको छ, निजताको अधिकारमाथि सर्वोच्च अदालतले भर्खरै सुनाएको फैसलामा सही छुटहरू प्रदान गरिएको छ जसबाट ‘आधार’ सुरक्षित रहन्छ।

भर्खरैको फैसला पछि आधार व्यवस्थापन गर्न सरकारले के-कस्तो योजना गरेको छ भनि कोलम्बिया विश्वविद्यालयमा गरिएको एउटा प्रश्नको जवाब दिनु हुँदै श्री जेटलीले भन्नु भयो, वर्तमान समय अनुरूप सर्वोच्च अदालतद्वारा सुनाइएको फैसला एउटा सही फैसला रहेको मेरो मान्यता छ।

कतिपय न्यायाधीशहरूद्वारा निजता सम्बन्धी ऐनमा के-कस्ता छुटहरू रहनुपर्छ भन्ने विषयमा पनि विचार गरिएको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, पहिलो छुट त राष्ट्रिय सुरक्षा हो। दोस्रो छुट अपराधको अनुसन्धान एवम् रोकथाम तथा तेस्रो छुट सामाजिक- आर्थिक लाभहरूको वितरण हो।

यो तेस्रो छुट ‘आधार’- लाई सुरक्षित राख्नकै लागि दिईएको हो भनि वित्त मन्त्रीले बताउनुभयो।