प्रमाण पेश गरिएन भने हाफिज सईदलाई रिहा गरिनेछः लाहौर उच्च अदालत

लाहौर उच्च अदालतले मुम्बई हमलाको षडयन्त्रकारी हाफिज सईद विरूद्ध पाकिस्तान सरकारले कुनै प्रमाण पेश गरेन भने उसलाई रिहा गरिने बताएको छ। जमाद-उद-दावा प्रमुख र उसका चार सहयोगीहरूलाई यो वर्ष 31 जनवरीदेखि आतङ्कवाद विरोधी ऐन अन्तर्गत लाहौरमा नजरबन्दमा राखिएको छ।

जमाद नेताहरूलाई रिहा गरिएमा सर्वसाधारणको सुरक्षामाथि ठूलो खतरा उत्पन्न हुने चेतावनी पञ्जाब सरकारले पहिले नै अदालतलाई दिइसकेको छ।