खेलमा महिलाहरूको व्यापक सहभागिता बढाउन महिला एवम् बाल विकास मन्त्रालयले खेल मन्त्रालयसित कार्य गर्ने

महिला एवम् बाल विकास मन्त्रालय र खेल तथा युवा मामिला मन्त्रालयले खेलमा महिलाहरूको व्यापक सहभागिता बढाउनका लागि प्रोत्साहित गर्न सहकार्य गर्ने निर्णय गरेका छन्। महिला एवम् बाल विकास मन्त्री मनेका गान्धीले नयाँ दिल्लीमा बालिकाहरूको सशक्तिकरणमा खेलको भूमिका सम्बन्धी एक छलफल कार्यक्रममा बोल्दै यस्तो प्रतिक्रिया व्यक्त गर्नुभएको हो।

उहाँले भन्नुभयो, महिला तथा बालिकाहरूको जीवन सशक्त पार्न खेलले एक वृहत भूमिका निर्वाह गर्न सक्छ। सरकारले महिला एवम् बालिकाहरूको सशक्तिकरणका लागि कठिन कार्य गरिरहेको श्रीमती गान्धीले बताउनुभएको छ।