पेट्रोलियम उत्पादनमा भ्याट कम गर्ने कुनै योजना छैनः त्रिपुराका वित्त मन्त्री

त्रिपुराका वित्त मन्त्री भानुलाल साहले पेट्रोलियम उत्पादनमा मुल्य अभिवृद्धि कर (भ्याट) कम गर्ने राज्य सरकारको कुनै योजना नरहेको बताउनु भएको छ।

राज्य सचिवालयमा सञ्चारकर्मीहरूसित कुराकानी गर्दै उहाँले भन्नुभयो, जबसम्म केन्द्र सरकारले भ्याट शुल्कमा राहत दिँदैन, राज्य सरकारले भ्याट कमि गर्ने छैन।