सेबी र एफ एस सी जिब्राल्टरबीच पारस्परिक सहयोग तथा प्राविधिक सहायताको लागि सहमति पत्रमा हस्ताक्षर गर्न मन्त्री मण्डलको मञ्जुरी

केन्द्रीय मन्त्री मण्डलले, भारतको प्रतिभुति एवम् विनिमय बोर्ड (सेबी), वित्तिय सेवा आयोग (एफ एस सी) जिब्राल्टर र कुवैतको पूंजि बजार प्राधिकरणबीच पारस्परिक सहयोग एवम् प्राविधिक सहायता निम्ति एउटा सहमति पत्रमा हस्ताक्षर गर्न अनुमति दिएको छ।

मन्त्री मण्डलको बैठक पश्चात समाचारकर्मीहरूलाई जानकारी प्रदान गर्नु हुँदै कानुन मन्त्री रवी शंकर प्रसादले भन्नु भयो, सहमति पत्रले दुई नियामकहरूबीच आर्थिक सम्बन्धता र सहयोगको अझ अधिक विकासलाई प्रोत्साहन प्रदान गर्नका साथै दुई मुलुकहरूमा धितो पत्र बजारहरूको प्रभावी विकासको लागि परिस्थितिहरूको सृजना गर्ने लक्ष्य राखेको छ।