हकी एसिया कप- भारतद्वारा जापान 5-1-ले पराजित

पुरूष एसिया कप हकी प्रतियोगितामा भारतले जापानलाई 5-1 गोलले पराजित गरेको छ। यो जित राष्ट्रिय हकी कोच वाल्थेरुस मरीजिनेका लागि पहिलो जित थियो। हिजोदेखि ढाकामा सुरू भएको प्रतियोगितामा भारतका लागि एसवी सुनील, ललित उपाध्याय, रमनदीप सिंह र हरमनप्रीत सिंहले गोल गरे। हरमनप्रीतले म्याचमा सबैभन्दा धेरै गोल गरे। जापानको तर्फबाट एकमात्र गोल केन्जी किताजातोले गरे।

अब आगामी शुक्रवार भारतले आयोजक बाङ्ग्लादेशसित खेल्नेछ।